सोलुखुम्बुमा ढोका छोएको निहुँमा कुटपिट गर्ने पक्राउ

सोलुखुम्बुमा ढोका छोएको निहुँमा कुटपिट गर्ने पक्राउ

काठमाडौं । ढाेका छाेएकाे निहुँमा कुटपिट गर्ने सोलु–दुधकुण्ड नगरपालिका–९, सिसाखोलाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय १६ वर्षीय दीपक विश्वकर्मालाई ढोका छोएको निहुँमा कुटपिट गरेको आरोपमा त्यही गाउँका ३१ वर्षीय तारा थापामगर र २७ वर्षीय श्याम थापामगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गएको जेठ ३१ गते घरको ढोका छोएको निहुँमा स्थानीय १६ वर्षीय दीपक विश्वकर्मामाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा छुवाछुत कसूरमा मुद्दा दर्ता भएको छ ।

त्यही कसूरमा उनीहरुलाई सल्लेरीमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रवक्ता तथा निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

घटनाको विषयमा पीडितले असार ७ गते जाहेरी दिएपछि आरोपित दुवै जना फरार भएका थिए । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोलुखुम्बु जिल्ला अदालतले आदेश दिएको छ ।

यो कसुर प्रमाणित भएको खण्डमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुनेव्यवस्था रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार