अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सहयोगीलाई सम्मान

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सहयोगीलाई सम्मान

काठमाडौ । ज्यान जोखिममा राखेर कोरोना भाइरसको महामारीको समयमा काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो ।

प्रकृति सेवा प्रतिष्ठान नेपालले अस्पतालका निमित्त मेट्रोन श्रुति साह, स्टाफ नर्स एवं आइसोलेसन इन्चार्ज अहेमा थापा, नर्सहरु मनिषा पाण्डे, अस्मिता थापा, प्रिया प्रजापति, दिव्या मिश्रा, श्रृष्टि चौधरी, सविता यादव, सिएमए मनिकलाल यादव, राजिव चौरसिया लगायत २० जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर घर परिवार नभनी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीलाई क्रमशः सम्मान गर्दै जाने बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार