ओली र प्रचण्डबीच छलफल सकियो

ओली र प्रचण्डबीच छलफल सकियो

फाईल फोटो

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा तेस्रो दिन भएको छलफलमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयास जारी रहेको बताइएको छ ।

बिहान साढे ११ बजेबाट सुरु भएको बैठक झन्डै अढाइ घण्टा चलेको थियो ।  यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।

यस अघि नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार