रुकुमकाे आठविसकाेटमा प्रहरी द्वारा एक महिलालाई निर्घात कुटपिट भिडियो सहित

रुकुमकाे आठविसकाेटमा प्रहरी द्वारा एक महिलालाई निर्घात कुटपिट भिडियो सहित

काठमाडौं । रुकुम पश्चिम आठविसकोट नगरपालिका परिसरमा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार साे घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ । भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको छ ।

डीएसपी केसी मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर पानी खन्याइदिएको बताए ।  अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । याे भिडियो हामीले सामाजिक संजालबाट लिएका हौ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार