लोमस फर्मासिटिकल्सका दुई औषधि बिक्रीमा रोक

लोमस फर्मासिटिकल्सका दुई औषधि बिक्रीमा रोक

काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई  औषधि कम गुणस्तरको भेटिएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो ।

विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ का औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले भनेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार