प्रधानमन्त्रीको समर्थनमा काठमाडौंकामा प्रदर्शन

Duduwa Corona

प्रधानमन्त्रीको समर्थनमा काठमाडौंकामा प्रदर्शन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएका छन्।  प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर सडक प्रदर्शन भएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा सडक प्रदर्शन भइरहेका छन्।

ललितपुरको लगनखेल काठमाडौंका कलंकी, असन क्षेत्र, चाबहिल, कोटेश्वरलगायत क्षेत्रमा प्रदर्शन गरिएको हो। उनीहरूले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, भारतीय दलाल होसियार लगायत नारा पनि लगाएर प्रदर्शन गरेका हुन्।

उक्त प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर पनि मानिसहरू भेला भएका थिए। उनीहरूले वैदेशिक हस्तक्षेप स्वीकार नहुनेजस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेर प्रदर्शन गरे।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागिरहेको र त्यो पूरा नहुने बताएका थिए। उनीहरूले प्रधानमन्त्रीको ‘राजीनामा कसका लागिरु नेकपाको स्थायी सरकार जनता चाहन्छन्’ जस्ता नारा पनि लगाएका थिए।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार