मन्त्रिपरिषद बैठककै क्रममा प्रधानमन्त्रीको निधन

मन्त्रिपरिषद बैठककै क्रममा प्रधानमन्त्रीको निधन

काठमाडौँ  । मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार हुनुहुन्थ्यो । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्कनुभएको थियो ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो । प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार