बिहिवार थप १०८ जनामा कोरोना संक्रमण, १३९ जना डिस्चार्ज

बिहिवार थप १०८ जनामा कोरोना संक्रमण, १३९ जना डिस्चार्ज

काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उहाँका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । यस्तै  आजै १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार