सरकारले ल्याएको सबै विधेयक मान्य हुँदैन्ः देउवा

सरकारले ल्याएको सबै विधेयक मान्य हुँदैन्ः देउवा

०३ असोज,  काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दायाँबायाँ नगर्न पनि सरकारलाई सचेत गराए। संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनि सकेको जानकारी दिए। मैले प्रधानमन्त्रीलाई भनेको छु, निर्वाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ’ सभापति देउवाको भनाई थियो। त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाईदैन।’

सभापति देउवाले संविधान विश्वकै समावेशी भएपनि त्यसलाई लंगडो बनाउने, संविधानको मूलभूत मान्यतालाई दायाँबायाँ गर्ने काम सरकारबाट हुनै लागेको भन्दै आपत्ति पनि जनाए।(nagariknews)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार