एक हप्ताको लागि नेकपाको स्थायी कमिटि बैठक स्थगित

एक हप्ताको लागि नेकपाको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बस्ने भनेकाे बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको यो पाँचौँ पटक हो ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटिको बैठक ७ दिन स्थगित’, प्रवक्ता श्रेष्ठले ट्विटमार्फत जानकारी दिएका छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार