रुकुममा महिलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न सांसद डिला संग्रौलाको माग

Corona-Ad-Raptisonari

रुकुममा महिलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न सांसद डिला संग्रौलाको माग

काठमाडौं ।  सांसद डा. डिला संग्रौलाले रुकुम पश्चिममा एक महिलामाथि भएको अमानवीय घटनाको भत्र्सना गरेकी छन् ।

केही दिन अगाडि सामाजिक सञ्जालमा रुकुम पश्चिममा एक जना महिलालाई नगर प्रहरीले कुटपिट गरेको घटनाले देशमा न्याय हराएको भान भएको बताएकी छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की नेहा बिस्टमाथि जेठ १ गते नगर प्रहरीले कुटपिट गर्दै अमानवीय व्यवहार गरेको थियो ।

‘यतिका दिनसम्म सरकारले चासोदेखाइ छानबिन नगर्नुले कानुनी राज्यको उपहास भएको छ । शान्ति सुरक्षा र न्याय दिन खटिएको सुरक्षा निकायबाट नै यस्तो पाशबिक घटना हुन्छ भने जनताले कसबाट न्याय पाउने ? के न्याय हराएकै हो अब ?’, उनले प्रश्न गरेकी छन् ।

सांसद संग्रौलाले उक्त घटनाको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले पीडित महिलालाई न्याय दिन पनि सरकारसँग माग गरेकी छन् ।

त्यस्तै नेपाली कांग्रेस वडाकार्यसमिति आठविसकोट नगरपालिकाले पनि घटनाबारे चासो व्यक्त गरेको छ । उसले जेठ १ गते घटेको घटना अझै गुपचुपमै राखिनु शंका विषय भएको भन्दै पीडित महिलालाई न्याय दिन सरकारसँग माग गरेको छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार