शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण

शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण

काठमाडौं ।  शुक्रबार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ संक्रमित देखिएका छन्।

शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार