साेति घटनाका पिडित परिवारलाई अमेरीका वस्ने नेपालीकाे आर्थिक सहयोग

साेति घटनाका पिडित परिवारलाई अमेरीका वस्ने नेपालीकाे आर्थिक सहयोग

काठमाडौं । जेठ १० गते  रुकुम पश्चिमकाे चौरजहारि नगरपालिका-८ सोती घटनामा गाउँलेकाे कुटपिटबाट  मृत्यु भएका  ६ जना युवाका पिडित परिवारलाइ अमेरीकामा वस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कथित माथिल्लो जातकी प्रेमिकालाइ वेहुलीको रुपमा भगाउन गएका भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विक र उनको साथमा गएको वेला सोतीका स्थानीयहरुको आक्रमणवाट हत्या गरिएका अन्य ५ जना भेरी नगरपालिका ४ कै सन्दीप विक सन्जु, गणेश वुढा मगर, सोहि नगरपालिकाको ११ नम्वर वडाका लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ नाखिराका टीकाराम सुनार पिडित परिवारलाइ अमेरीकामा वस्ने जाजरकोटका दिनेशजंग शाह र पस्चिम रुकुम चौरजहारीका भोला आचार्यको पहलमा जम्मा भएको रकम प्रति परिवार ७० हजारका दरले वितरण गरिएको हाे ।

अमेरीकामा वसेर नेपालका लागि पत्रकारीता गरिरहेका शाह र आचार्यको पहलमा खोलिएको गो फन्डमा विभिन्न ६५ जना नेपालीहरुले जम्मा गरेको ४ लाख २० हजार रकमलाइ शुक्रवार नवराज विकको घरमा एक कार्यक्रमको आयोजना गरि पिडित परिवारलाइ हस्तान्तरण गरिएको हो । समाजसेवी तथा काँग्रेस नेता शिवप्रसास आर्चाय मार्फत प्राप्त भएको उक्त रकमलाइ भेरी नगरपालिका- ४ का वडाध्यक्ष खम्वजंग शाह, सोती हत्याकान्ड संघर्ष समितिका सहसंयोजक छवि पन्त, समाजसेवी तथा पस्चिम रुकुमका काँग्रेस नेता तिलक भन्डारी, काँग्रेस जाजरकोटका नेता मुक्ति आचार्य र काँग्रेस नेता शिवप्रसाद आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरे । उक्त सहयोग रकम मृतक युवाहरुका आमाहरुलाइ प्रदान गरिएको हाेे ।
सोहि कार्यक्रममा पस्चिम रुकुमका समाजसेवी एवम काँग्रेस नेताहरु तिलक भन्डारी र शिवप्रसाद आचार्यले आफुहरुले रुकुममै वसेर सोती घटनाका पिडितहरुको न्यायको लागि आवाज वुलन्द पार्ने प्रतिवद्धता गरे । सोतीमा ६ जना हानहार युवाहरु मारिनु भनेको मानवता, जनअधिकार र वाँच्न पाउने सवैको अधिकार मारिएको भन्दै उनीहरुले पिडकहरुलाइ उम्काउने गरि कसैले पनि गर्ने राजनीति आफुहरुलाइ स्वीकार्य नभएको वताए । उक्त सहयोग हस्तान्तरणका लागि पिडितहरुसंग समन्वय र कार्यक्रम सन्चालन कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार