संग्रहालय तोडफोडको आरोपमा चार जना पक्राउ

संग्रहालय तोडफोडको आरोपमा चार जना पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकाेट नगरपालिका-१ सल्लेस्थित जनजाति संग्रहालयमा चोरि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । असार २५ गते राति आदिवासी जनजाती सामुदायिक भवनको ताला फोडि आदीबासी संग्रालयमा रहेको महत्त्वपूर्ण सामानहरु चोरि भएको थियो ।

उक्त चोरि कार्यमा संलग्नहरुको गहिरो अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले चार जनालाई पक्राउ गरेको जनाएको छ । सुन चादीको गहना ,ल्यापटप ,हार्डडिक्स, चार्जर लगायत अन्य सामग्री समेत गरी अन्दाजी एक लाख ६५ हजार ६ सय ५० रुपैयाँ बराबरको चोरी सामान बरामद गरि चार जनालाई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सानीभेरी गाउँपालिका-४ घर भई हाल मुसिकोट नगरपालिका-१ बस्ने बर्ष १५ को जगदिश परियार , बर्ष १५ को शक्ति बहादुर बुढामगर ,सल्यान शारदा  नगरपालिका-२ बस्ने बर्ष २१ को केशर थापा र सल्यान दार्मा गाउँपालिका -१ घर भई हाल रुकुम पश्चिम मुसिकोट-१ खलंगा बजारमा सुनचाँदी पसल गरी बस्ने बर्ष ३३ को लोकेन्द्र सुनार रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार