सोमबार मात्रै विश्वमा २ लाख १५ हजार कोरोना संक्रमित थपिए

सोमबार मात्रै विश्वमा २ लाख १५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वमा सोमबार २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा केही कम हो ।

आइतबार एकै दिन सबैभन्दा धेरै २ लाख ३० हाजर संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा एक करोड २७ लाख ६८ हजार ३०७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले ५ लाख ६६ हजार ६५४ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार