परराष्ट्रको स्पष्टोक्ति : अयोध्याको सांस्कृतिक मूल्यमा आघात पुर्‍याउनु प्रधानमन्त्रीको उद्देश्य होईन

परराष्ट्रको स्पष्टोक्ति : अयोध्याको सांस्कृतिक मूल्यमा आघात पुर्‍याउनु प्रधानमन्त्रीको उद्देश्य होईन

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा आएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ।
उक्त अभिव्यक्ति कुनै राजनीतिक विषय नभएको र कसैको भावनामाथि आघात पुर्याउने उद्देश्यले प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति नदिएको मन्त्रालयले स्पष्ट पारेको छ।

२०७ औं भानु जयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै भएको विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति निकाल्दै स्पष्टीकरण दिएको हो।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउनु नभएको पनि जिकिर गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार