दुबै अध्यक्ष आ-आफ्नै अडानमा, आजकाे छलफल विना निष्कर्ष टुंगियो

दुबै अध्यक्ष आ-आफ्नै अडानमा, आजकाे छलफल विना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानमा रहँदा बुधवार करिव ३ घण्टाको छलफल विना निष्कर्ष टुंगिएको छ ।

साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप प्रचण्ड बालुवाटार पुगेका थिए । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

छलफल सकारात्मक भएपनि कुनै सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । प्रधामन्त्री ओलीले पार्टीको कार्यभार प्रचण्डले सम्हाल्ने गरी अन्य विषयमा सहमति कायम गर्न प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने जेठ २ को समझदारीमा फर्किनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री ओली मंसिर ४ मा भएको पाँच वर्षे कार्यकालभर ओली प्रधानमन्त्री हुने र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष हुने समझदारीले जेठ २ को समझदारी खारेज भइसकेकाले पार्टीको एकल कमाण्ड लिन प्रचण्डलाई आग्रह गरेका छन् ।

सरकार सञ्चालन गर्दा दुई अध्यक्षसहित वरिष्ठ नेता माधव नेपाललाई समेत विश्वासमा लिने, मन्त्रिपरिषद र प्रदेश सरकार समेत पुनर्गठन गर्ने उनको प्रस्ताव छ । तर प्रचण्ड भने प्रधानमन्त्रीको राजिनामाकै पक्षमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार