जिप दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु

जिप दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु

काठमाडौँ । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका- १५ का १६ वर्षीय पदम वली रहेका छन् । दुर्घटनामा परी घाइते भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

बिहिबार बिहान कपिलवस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुतर्फ जाँदै गरेको रा १ च ९६६२ नम्वरको जिप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका-३ मुसोटमा दुर्घटना हुँदा पाँचजना घाइते भएका थिए ।

यस्तै दुर्घटनामामा परेर सोही ठाउँका ३८ वर्षीय भिमबहादुर ओली, २६ वर्षीय देवराज ओली, १८ वर्षीय विशाल ओली, २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते मध्ये देवराज ओलीलाइ कोहलपुर थप उपचारको लागि पठाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार