रुकुममा महिला कुटपिटमा संलग्न २ प्रहरी निलम्बित

रुकुममा महिला कुटपिटमा संलग्न २ प्रहरी निलम्बित

काठमाडौ । रूकुम पश्चिममा प्रहरीले महिलामाथि कुटपीट गरेको घटनामा संलग्न २ प्रहरीलाई निलम्बन गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिका–९ कि नेहा विष्टलाई प्रहरीले निर्घात पिटेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गठिन समितिले सोमबार नै कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री र अर्का एकजना जवानलाई निलम्बित गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

जेठ १ गते दिउँसो जाजरकोटबाट घर फर्कंदै गरेकी नेहालाई नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले कुटिपट भएको थियो। उक्त भिडिओ सामाजिक सञ्जालमार्फत् असार २३ गते मात्रै सार्वजनिक भएको थियो। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

यस्तै उक्त महिलालाई लठ्ठीले हान्ने आठबीसकोट नगरपालिकाकी नगर प्रहरी निर्मला विकलाई यस अघिनै निलम्बन गरेको छ । महिला कुटपिटमा संलग्न नगर प्रहरी निर्मला विकलाई आवश्यक छानबिनको लागि भन्दै नगरपालिकाले निलम्बन गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार