काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि शुक्रबारदेखि लकडाउन खुकुलो बनाउने भएको छ । शुक्रबार बिहान ५ बजेदेखि लकडाउन खुकुलो बनाउने निर्णय भएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।
नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको भन्दै असार २४ गतेदेखि वडा नम्बर ७, ८ र ९ मा औषधि र खाद्यान्नबाहेक अन्य सम्पूण उद्योग तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।
नगरप्रमुख श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन कडाइ गरेर कोरोना संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १३९ जना गरी २१३ जनाको पीसीआर परीक्षण गराएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2020/07/mahalaxmi-nagarpalika1.jpg?resize=640%2C905&ssl=1)