बिहीबार १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

बिहीबार १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । ।

कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार