रुकुमकाे स्यार्पुतालमा डुंगा दुर्घटना, २६ जनाको उद्दार

रुकुमकाे स्यार्पुतालमा डुंगा दुर्घटना, २६ जनाको उद्दार

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा रहेको स्यार्पुतालमा आज डुंगा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय सहकारीले सञ्चालन गरेको डुंगा स्यार्पुतालमा दुर्घटना भएपनि मानवीय क्षति भएको छैन ।  डुंगा भने बेपत्ता भएको छ ।

डुंगामा सवार २६ जनालाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय बाँफिकोटका इन्चार्ज कर्णबहादुर नेपालीले जानकारी दिए ।  दहको छेउमा मान्छे डुंगाबाट निस्कँदै गर्दा दुर्घटना भएको र मानविय क्षति नभएको प्रहरी इन्चार्ज नेपालीको भनाइ छ ।

साउने सक्रान्तिको अवसरमा स्यार्पुतालमा घुम्न स्थानीयहरु सवार रहेको डुंगा दुर्घटना भएको उनले बताए । यस अघि पनि २०६४ भदौ ४ गते डुंगा दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको थियो । सञ्चारकर्मी तथा स्थानीयबासी आर्दश केसी तेतिबेलाको घटना सम्झदै भन्छन, स्यार्पूतालमा भएका सबै काठका डुंगाहरु असुरक्षित छन । यसको लागि सम्बधिन निकायले सुरक्षित  रुपमा डुंगा सञ्चालन गर्नुपर्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार