नेपालमा श्रावण ४ देखि ७ गतेसम्म भारी वर्षा हुने

नेपालमा श्रावण ४ देखि ७ गतेसम्म भारी वर्षा हुने

काठमाडौँ । नेपालको मनसुन अझै केहि दिन सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार श्रावण ४ गतेदेखि ७ गतेसम्म मनसुन न्युन चापिय रेखा नेपालको तराई भ‍ूभागको नजिक रहने भएकाले मनसुन सक्रिय रहने अनुमान गरिएको छ।

मनसुनी रेखाको प्रभावले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समयमा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, मर्स्याङदी, कालीगण्डकी तथा तिनका सहायक नदीहरूमा पानीको तह बढ्ने महाशाखाको अनुमान छ।

यी प्रदेशका मध्य पहाडी, चुरे तथा तराई भई बग्ने साना नदीमा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार