आज नेकपा स्थायी कमिटि बैठक बस्दै

आज नेकपा स्थायी कमिटि बैठक बस्दै

काठमाडौँ । आज नेकपा स्थायी कमिटि बैठक बस्ने भएको छ । हिजो बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका हुन् ।

लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।

पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोक्ने समझदारी भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार