काठमाडौंमा एक व्युटीपार्लर व्यवसायीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौंमा एक व्युटीपार्लर व्यवसायीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  शुक्रबार काठमाडौंको एक व्युटीपार्लर व्यवसायमा संलग्न व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा जागेश्वर गौतमका अनुसार संक्रमण पुष्टि भएका उपत्यकाका तीन मध्ये एक जना व्युटीपार्लर व्यवसायी रहेका छन्। संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन ।

उपत्यकाको समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै बढी भिडभाड हुने स्थानका चार हजार ८०० जनाको परीक्षण गरिएको थियो। जसमा तीन जनामा संक्रमण पुष्टि भएको हो।

मानिसहरुको बढी भीडभाड हुने स्थान र बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरिएको थियो।

यस्तै शुक्रबार १०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार