स्वास्थ्य मापदण्ड अपनाएर मनकामना केवलकार सुरु गर्न माग

स्वास्थ्य मापदण्ड अपनाएर मनकामना केवलकार सुरु गर्न माग

काठमाडौँ । गत चैत ८ गते देखि बन्द रहेको मनकामना दर्शन प्रालिका कर्मचारीहरुले केवलकार सेवा सुरु गर्न पाउनु पर्ने माग गरेका छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुरु गर्न दिनुपर्ने माग गरेका छन ।

लामो समय सम्म मनकामना बन्द भएपनि जीवन निर्वाह गर्न मुस्किल भएको भन्दै उनीहरुले सेवा सन्चालनको वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

केवलकार सेवा सुचारु गर्न सरकारले अझै चासो नदिएको प्रालिका कर्मचारी यूनियन अध्यक्ष राजेन्द्र लामाले बताएका । उनले भने हामी कर्मचारीहरु कसरी बाच्ने ?

‘सरकारले गरेको लकडाउनले बेरोजगार बढेको छ, सधैं लकडाउन गरिरहनुभन्दा पनि निश्चित मापदण्ड तोकेर सेवा सन्चालन गर्न दिनुप¥यो,’ लामाले भने ।

केवलकारसँगै अन्य व्यवसायहरु पनि सन्चालन गराउनुपर्ने उनीहरुले बताएका छन् ।

उता मनकामना दर्शन प्रालिका नायव महाप्रवन्धक डिएन कायस्थले सरकारबाट अनुमति पाए केवलकार सन्चालनका लागि आफूहरु तयार रहेको बताए ।
केवलकार सेवा बन्द हुँदा करिब ३० करोड घाटा लागेको उनको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार