सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवस्था विभागमा आईतबार भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका हुन् । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका हनु ।

सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् ।

कोरोना संक्रमण जोखिमका बीच यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न व्यवसायीसँग आग्रह गरिएको छ। छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय अनुसार भाडाका गाडीहरू काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा तथा जिल्लाभित्र मात्र चल्नेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार