आफ्नै भान्जाको हत्या गर्ने मामा पक्राउ

आफ्नै भान्जाको हत्या गर्ने मामा पक्राउ

काठमाडौं । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । २०६४ साल असोजमा आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीबाट मामा राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

११ वर्षीय भान्जा रोहित गुप्तालाई २०६४ असोज २४ गते अपरहण गरी परिवारबाट फिरौती समेत लिई हत्या गरेको अभियोग फरार राजेशकुमार गुप्तालाई महाशाखाको टोलीले  सर्लाहीको मलंगवा-८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । बालक अपहरण तथा हत्या घटनामा संलग्न राजेशका साथी धादिङका विष्णु सुनार भने सोही वर्षको मंसिर १२ गते पक्राउ परेका थिए ।

हाल सुनारले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । अपहरणमा परेको तेस्रो दिन अर्थात २०६४ असोज २४ गते रोहितको शव कमलादीस्थित गणेश मन्दिर नजिकै फेला परेको थियो । उनले परिवारका सदस्यबाट २ लाख रुपैयाँ फिरौती लिएको प्रहरीले जनाएको छ । कपडा ब्यापारमा घाटा भएपछि राजेशकुमार र विष्णुले आपराधिक क्रियाकलाप रोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार