पहिरोले घर बगाउँदा धादिङमा तीन जनाको मृत्यु

krishi
Duduwa Corona

पहिरोले घर बगाउँदा धादिङमा तीन जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गएराति धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । रातिको समय भएको उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी  दिएका छन ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सुरक्षित ठाउँमा राखिएको पनि विकले जानकारी दिए ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार