अबरुद्ध पोखरा–बागलुङ सडक खुलाउने प्रयास जारी

अबरुद्ध पोखरा–बागलुङ सडक खुलाउने प्रयास जारी

फाईल फोटो

काठमाडौँ । पोखरा–बागलुङ सडकखण्ड अन्तरगत पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ ।

सोमबार राति उक्त सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ ।
प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् । बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार