तत्कालै सलह नेपाल आउने सम्भावना टर्यो

तत्कालै सलह नेपाल आउने सम्भावना टर्यो

फाईल फोटो

काठमाण्डौ । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टरेकोे छ । राजस्थान, उत्तर प्रदेशलगायतका ठाउँमा पानी परिरहेकाले एक दुई दिनको लागि नेपाल आउने सम्भावना नदेखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए ।

हावाको गति तीव्र भएको र सलहको झुण्ड धेरैको संख्यामा भएकाले सम्बन्धित विज्ञको छलफलपछि किसानलाई सावधानी रहन आग्रह गरिएको तर राजस्थान आसपासको क्षेत्रमा ठूलो पानी परेकाले नेपाल छिर्न नसकेको उहाँको भनाइ छ ।

सलहले विशेष गरी तरकारी बालीमा केही क्षति गरेपनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी गरेको छैन । सलह भगाउनका लागि धुवाँ बाल्ने, ध्वनी जगाउने, ढ्याङ्ग्रो ठोक्ने, थाल ठटाउने गरेर ठूलो आवाज निकाल्न विज्ञको सुझाव छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार