पर्सामा एक जना कोरोना संक्रमितको मृत्यु

पर्सामा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पर्सा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका वीरगंज महानगरपालिका माइस्थानका एक ७० वर्षका एक पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव अहिले गण्डक कोभिड अस्पतालमा राखिएको र डिस्पोजल गर्ने तयारीमा रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।   यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार