अज्ञात समुहद्वारा कञ्चनपुरको वडा कार्यालयमा आगजनी

अज्ञात समुहद्वारा कञ्चनपुरको वडा कार्यालयमा आगजनी

काठमाडौँ । अज्ञात समुहद्धारा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा गएराति आगजनी गरेको छ । झ्यालका सिसाहरु फुटाएर पेट्रोलियम पदार्थ छर्किइ वडा कार्यालयमा आगजनी गरेको पाइएको शुक्लाफाँटा नगरपालिका ७ का वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए।

आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको उनले बताए। वडा कार्यालयमा कसले, किन आगजनी गर्‍यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। क्षतिको विवरण संकलन गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार