२७ वर्षीया महिलाले जन्माइन् एकै साथ चार शिशु

२७ वर्षीया महिलाले जन्माइन् एकै साथ चार शिशु

काठमाडौ
२७ वर्षीया महिलाले चारजना शिशुहरूलाई एकै साथ जन्म दिएकी छन् । २७ वर्षीया कमला शाही (नाम परिवर्तन)ले बुधबार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको काठमाडौं मेडिकल कलेजकी प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीले बताइन् ।

नेपालमा भने चारजना शिशुहरूलाई एकै साथ जन्म दिएको यो दोस्रो घटना भएको चिकित्सकहरु बताउँछन् । डा. कार्कीका अनुसार प्रति ४ लाखमा १ जनामा यस्तो घटना हुने गर्छ ।

तीनजना छोरा एक छोरीको जन्म
स्वास्थ्य परीक्षणका क्रममा चार शिशु भएको देखिएपछि चिकित्सकहरुले उनको शल्यक्रिया गरेका थिए । उनको यो दोस्रो पटकको गर्भ हो । तीन छोरा र एक छोरीको जन्म भएको हो । शिशुहरुको स्वास्थ्य अवस्था अस्थिर छ । उनीहरुको एनआईसियुमा राखेर उपचार भइरहेको छ ।

धनगढी निवासी साहीको स्वास्थ्य अवस्था पनि कमजोर देखिएको छ । उनको श्वासप्रश्वासमा समस्या देखिएको छ । त्यस्तै डेंगु पनि पोजेटिभ देखिएको छ । साहीको पहिलो सन्तानका रुपमा एक छोरी छन् । नयाँ पत्रिका दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार