चितवनको भीमोदय माविका प्रअ कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

चितवनको भीमोदय माविका प्रअ कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।  ५० भन्दा बढी विधामा विश्व भरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको हो ।

सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ । दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।

स्मरणीय कुरा के छ भने डा. कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो । यस एसियन लिडरशिप अवार्डको प्रायोजक संस्थाहरु क्रमशः world research council, world business foundation, American consumer society, IDMAS learning center, IJ RULA, United medical council/Business planet रहेका छन् ।

पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको वारेमा प्रेजेन्टेसन गर्ने अवसर हुने छ । कार्यक्रममा विश्वभरवाट सयौं पाहुना र हजारौं उधोगी व्यवसायी तथा अन्य सहभागीहरुको भव्य उपस्थिति रहने जनाइएको छ ।

२०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् । फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने डां कँडेल प्रअको भुमिकामा आउन साथ विद्यालयले छोटै समयमा कायापलट गर्न सफल भएको छ । केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय डा. कँडेलको नेतृत्वमा आज मुलुककै उत्कृष्ट विद्यालयहरुको माझमा दह्रिन पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार