कोरोना सङ्क्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा

कोरोना सङ्क्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा

काठमाडौं । पर्सा जिल्लाकाे वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना सङ्क्रमित बढ्न थालेपछि शुक्रबार  बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको हो ।

वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागू गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार