रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

काठमाडौं। ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार गरिएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उनलाई पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो।

लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो। उनलाई बोकेर हिँडाउन लाग्दा गुरु ज्यूका पल्टनले सलामी अर्पण गरेका थिए। ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव बिनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो। रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार