बाख्रा चराउन गएका २ बालिका पोखरीमा मृत भेटिए

बाख्रा चराउन गएका २ बालिका पोखरीमा मृत भेटिए

काठमाडौँ । सर्लाहीमा दुई बालिकाको मृत अवस्थामा शब फेला परेको छ । जिल्लाको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेको हो । दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको छ ।

ईश्वरपुर नगरपालिका-१४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

शनिबार उनीहरु बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको  सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार