सशस्त्र प्रहरी बलको प्रवक्तामा राजु अर्याल

सशस्त्र प्रहरी बलको प्रवक्तामा राजु अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई तोकिएका छन्।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयमा सूचना प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रवक्ता प्रविणकुमार श्रेष्ठ पशुपति बाहिनी ९उपत्यका०मा सरुवा भएपछि रिक्त स्थानमा अर्याललाई सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अर्याललाई आइतबारबाट लागू हुने गरी प्रवक्ताको जिम्मा दिएका हुन् । अर्याल प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीपतिबाट गत साता मात्रै मुख्यालय सरुवा भएका थिए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्याललाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने बलले स्पष्ट पारेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार