ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

तस्बिर : कुलदिप शर्माको फेसबुकबाट

काठमाडौँ । सोमबार बिहान कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट से ६ प ७१८१ नम्बरको स्कुटरमा सवार लम्कीचुहा नगरपालिकाका-६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो ।

बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अहिले घटनाको विरोधमा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बौनियामा सडक अवरुद्ध पारेका छन ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार