बाँफिकोटमा पहिराेले घर बगाउँदा दुई जना बेपत्ता

बाँफिकोटमा पहिराेले घर बगाउँदा दुई जना बेपत्ता

फोटो सौजन्य जिप्रका रुकुम पश्चिम

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-९ स्यालाखेत गाउँमा हस्त बहादुर सुनारको घर गएराति पहिरोले बगाउँदा २ जना बेपत्ता भएका छन । बिहान करिब ४ बजे पहिरोले घर बगाउदा २२ बर्षका नवीन सुनार र उनका साथी १६ बर्षका बल बहादुर सुनुवार बेपत्ता भएका छन ।

बेपत्ताको स्थानीय र प्रहरीले खोजि कार्य जारी राखेको अस्थाई प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज असई बालकृष्ण खड्काले जानकारी दिए । पहिरोमा परेर ३ जना घाइते भएका छन ।

घाइते मध्ये अलि गम्भीर ५५ बर्षकि झुपि सुनारको छिन्खेत मेडिकलमा उपचार भैरहेको छ । ३ जनालाई भने स्थानीयले सकुसल उद्दार गरेका हुन । पहिरोले घर १ सय ५० मिटर जति तल बगाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार