भीरबाट लडेर बाँफिकोटमा एकको मृत्यु

भीरबाट लडेर बाँफिकोटमा एकको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ३ मेगेमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा जंगलमा छोडेर घर फर्कने क्रममा स्थानीय २५ वर्षकी सरिता बोहराको भीरबाट लडेर मृत्यु भएको हो।

भीरबाट खस्दा करिब ५० मिटर तल पुगेर गम्भीर घाइते भएकी बोहराको स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याउदै गर्दा बाटो मृत्यु भएको उनका आफन्त भिम प्रसाद देबकोटाले बताए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक बोहराका श्रीमान र तिन छोरी छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार