सशस्त्र प्रहरीलाई दियो सेनाले इन्सास राइफल

सशस्त्र प्रहरीलाई दियो सेनाले इन्सास राइफल

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई छ सय नाल इन्सास राइफल उपलब्ध गराएको छ । नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् ।

सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि सेनाले राइफलसँगै अन्य सामग्री सहयोग गरेको बताएका छन्।

माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो । सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार