बैंक अफ काठमाडौंका पूर्व सिइओलाई थुनामा राख्ने आदेश

बैंक अफ काठमाडौंका पूर्व सिइओलाई थुनामा राख्ने आदेश

काठमाडौ ११ असोज

बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठलाई पाटन उच्च अदालतले शुक्रबार पूर्पक्षका थुनामा पठाउने आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बाेहाेरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्रीसँग ५ लाख धरौटी असूल्न अदालतले आदेश दिएको छ । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार