कोरोना संक्रमित बढे, बुधबार थप २१० जनामा पुष्टि

कोरोना संक्रमित बढे, बुधबार थप २१० जनामा पुष्टि

काठमाडौँ । बुधबार देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार