कोरोनाबाट बुधबार थप २ जनाको मृत्यु

कोरोनाबाट बुधबार थप २ जनाको मृत्यु

काठमाडौँ । वीरगन्जमा बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षिय पुरुष र गण्डक अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

६८ वर्षिय पुरुष मुटुको समस्या भएपछि साउन ८ गते गण्डक अस्पतालमा भर्ना भएका थिए । त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षिय पुरुषलाई झाडापखालाको समस्या थियो ।

उनको कोरोना परीक्षण गर्न पठाइएकोमा मृत्युपछि रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार