ज्यामिरेमा आगलागी पिडितलाई राहत

ज्यामिरेमा आगलागी पिडितलाई राहत

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका बडा नम्बर ३ ले घरमा विद्युत्त सट भई आगलागि भएको परिवारलाई  सहयोग गरेको छ ।

३ नम्बर वडा अध्यक्ष विर्ख बहादुर विष्टले बुधबार ज्यामिरेका कामे पुनको परिवारलाई २ बोरा चामल, ४ किलो दाल, ३ वटा डस्ना, ३ वटा कम्बल, २ लिटर तेल, र एकवटा त्रिपाल उपलब्ध गराएका छन ।

वडा कार्यालयले कामे पुनको परिवारलाई पहिलो चरणमा सानो भएपनि सहयोग गरेको घर बनाउनको लागि पनि छिटै सहयोग गर्ने वडा अध्यक्ष बिष्टले जानकारी दिए ।

पुनको २ तले ६ कोठे जस्ता पाताले छाएको घरमा विजुलीको तार सट हुँदा घरमा भएको सबै सामानहरु का साथै नगद दुई लाख रुपैया जलेको थियो । आगलागि बाट करिब ८ लाखको क्षति भएको वडा अध्यक्ष विष्टले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार