त्रिशूलीमा खस्यो भाटभटेनीकाे सामान बाेकेकाे कन्टेनर

Corona-Ad-Raptisonari

त्रिशूलीमा खस्यो भाटभटेनीकाे सामान बाेकेकाे कन्टेनर

चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक चितवनकाे कन्टेनर आज बिहान इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो।

ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। रासस

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार