बिहिबार थप २७४ जनामा कोराना संक्रमण, २२७ डिस्चार्ज

बिहिबार थप २७४ जनामा कोराना संक्रमण, २२७ डिस्चार्ज

प्रतिकात्मक तस्बिर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा‍‍. जागेश्वर गौतमले काठमाडौंका ४१, ललितपुरका २ र भक्तपुरका २ सहित देशभर २ सय ७४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका छन ।

हाल देशभर ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । आज २ सय ७४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

यसैगरी प्रवक्ता गौतमका अनुसार लकडाउन खुलेपछि साउन ७ देखि १५ गतेसम्म ४० हजार ४ सय १३ नमुना परीक्षण भएकोमा १ हजार १ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै असार २९ देखि साउन ६ गतेसम्म ४० हजार ३ सय १३ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार १९३ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन।

अहिले सम्म देशभर ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार