सांसद प्रदीप यादवलाई कोरोना पोजेटिभ

सांसद प्रदीप यादवलाई कोरोना पोजेटिभ

काठमाडौं । जनता समाजवादी पार्टीका  प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना पोजेटिभ देखिएको छ। नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । ‘३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको छ,’ मेसु डा.उपाध्यायले भने, ‘सांसद प्रदीप यादवमा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।’

आफूलाई कोरोना पोजेटिभ भएपछि यादवलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन्। उनले भनेका छन्, मैले आफ्नो पिसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु।

सांसद यादवले कोरोना नियन्त्रणका लागी सीमामा आवतजावतमा रोक लगाउन सरकारसँग माग गरेका छन्। यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार